दफा १७३
धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुने

(१) कसैले पनि देहायका कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन वा दिन हुँदैनः–
(क) चौध वर्ष उमेर पूरा गरेको,
(ख) एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको, तर दफा १७५ को उपदफा (३) बमोजिमको अवस्थामा यो व्यवस्था लागूहुने छैन ।
(ग) एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको, तर कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा योव्यवस्था लागू हुने छैन ।
(घ) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको,
(ङ) गैरनेपाली नागरिक। तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्थालागू हुने छैन ।
(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्व पतितर्फ छोरा वा छोरी भएमा चौध वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।